हुम्ला । जिल्ला अस्पताल हुम्लामा एकसातादेखि एक्सरे सेवा प्रभावित भएको छ । एक्सेर मेसिनको क्यासेट बिग्रिएपछि एकसातादेखि एक्सेर सेवा ठप्प भएको हो ।
एक्सरे सेवा नहुँदा सेवाग्राहीलाई मर्कामा परेका छन् । दैनिक १० देखि १५ जना एक्सेर सेवा नहुँदा फर्किने गरेका छन् ।
एक्सेर मात्रै नभएर ल्याबमा पनि उस्तै समस्या रहेको छ । रगत चेकजाँच केमिकल, मिर्गौला, कलेजोलगायतको समस्याको जाँच गर्न केमिकल पनि अभाव रहेको छ ।
पारा सिटामोटको समेत अभाव हुदाँ हेल्थ अंश मेडिकल सेन्टरबाट ५०० ट्याब्लेट सापटी लिएर काम चलाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख भीम बुढाले जानकारी दिए ।
एक्सरेको क्यासेट बिगेपछि सेवा ठप्प रहेको निमित्त कार्यालय प्रमुख बुढाले बताए । ३ देखि ४ लाखसम्म एक्सरे मर्मत गर्न खर्च लाग्ने भएकोले ढिलाइ भएको उनको भनाइ छ । निक्स साइमन्स इन्स्चिट्युटले मर्मत गर्ने कुरा भइसकेको उनले बताए ।
अब छिटै मर्मत हने बुढाले बताए । ‘सिटामोल ५०० ट्याब्लेट सापटी गरेर चलाएका छौं अब २ सय मात्रै बाँकी तलबाट औषधिको अर्डर भइसकेको छ’, उनले थपे ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को