सिन्धुपाल्चोक । २०७९ को स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार जयबहादुर लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
लामासँगै २०७४ को स्थानीय निर्वाचनमा जुगल गाउँपालिका–३ बाट नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सानुकान्छा लामा पनि नेकपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश कार्यक्रममा स्वागत गरे । कार्यक्रममा जुगल गाउँपालिकाका पूर्व कार्यपालिका सदस्य उमेश कार्की, एमालेका स्थानीय कार्यकर्ता कान्छा नेपाली, छेवाङ लामा, जोनसेन लामा लगायतका दर्जनौँ नेता–कार्यकर्ता नेकपामा समाहित भएका छन् ।
जयबहादुर स्थानीय तहको पहिलो निर्वाचनमा नेपाली कांग्रेसबाट जुगल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए । २०७९ को स्थानीय निर्वाचनमा भने मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरी अध्यक्ष पदका उम्मेदवार बनेका थिए । सानुकान्छा लामा पनि सोही समय लामासँगै एमाले प्रवेश गरेका थिए ।

जुगल गाउँपालिका नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको गृहपालिका हो । श्रेष्ठले नै जयबहादुर लामालाई मनोनयनको अघिल्लो दिन एमालेमा भित्र्याएर अध्यक्ष पदको उम्मेदवार बनाएका थिए ।
चुनावी अभियानक्रममा जुगल पुगेका नेकपाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटाले दुई दिनमै जुगल क्षेत्रमा उच्च राजनीतिक महत्व राख्ने नेताहरूलाई नेकपामा ल्याउन सफल भएको बताएका छन् ।
यसअघि केही दिनअघि मात्रै बाह्रबिसे नगरपालिकाका पूर्व प्रमुख निमफुञ्जो शेर्पासहितका नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका थिए ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
निर्वाचन प्रहरीको बन्दोबस्ती सामग्री खरिद विवाद : एउटै प्रक्रिया, तर प्रश्नको घेरामा नेपाल प्रहरी मात्रै किन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन