‘प्रेम आले’ को प्रतिबद्धता पत्र सार्वजनिक : विकास, रोजगारी र सामाजिक न्याय प्राथमिकतामा


कैलाली । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेम बहादुर आलेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

‘सुशासन र रोजगारी, समतामूलक समाज’लाई मूल आधार मानेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखिएको छ।

आलेले धनगढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको उल्लेख गर्दै आधुनिक पूर्वाधार, व्यवस्थित यातायात र रोजगारी सिर्जनामा विशेष जोड दिएका छन्।

गेटा मेडिकल कलेजलाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै एमबीबीएस अध्ययन अध्यापनको व्यवस्था मिलाउने,सेती प्रादेशिक अस्पतालकाे स्तर उन्नति गरि सुविधा सम्पन्न गराउने प्रतिबद्धता पनि उनले जनाएका छन्।

प्रतिबद्धता पत्रमा धनगढी–खुटिया–दिपायल–बझाङकाे उरैभन्ज्याङ सडक, पुल तथा पूर्वाधार निर्माणलाई तीव्रता दिने, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सुरक्षित आवासको व्यवस्था गर्ने र कृषिमा आधुनिक प्रविधि भित्र्याउने योजना समेटिएको छ।

त्यसैगरी महिला सशक्तीकरण, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायको समान अधिकार सुनिश्चित गर्ने, युवालाई सीपमूलक तालिममार्फत रोजगारी र उद्यमशीलतामा जोड्ने प्रतिबद्धता पनि समावेश गरिएको छ।

पर्यटन प्रवर्द्धन, साना तथा मझौला उद्योगको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र सामाजिक सेवाका क्षेत्रमा राज्यको भूमिका प्रभावकारी बनाउने विषयलाई समेत उनले प्राथमिकतामा राखेका छन्।

आलेले आफ्नो प्रतिबद्धता कार्यान्वयनका लागि जनताको साथ र निगरानी आवश्यक रहेको बताउँदै विकास र समृद्धिका लागि साझा प्रयासको आह्वान गरेका छन्।

यस्ताे छ प्रतिबद्धता पत्रमा :
सुशासन र रोजगारी, समाजवादको तयारी राष्ट्रियता र लोकतन्त्रको रक्षा, हाम्रो जिम्मेवारी॥
हाम्रो प्रतिबद्धता
१. लामो समय देखि चर्चामा रहेको धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरी धनगढीलाई क्रिकेट हमको रूपमा विकास गरी युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने ।
२. गेटामा रहेको धनगढी विमानस्थलको धावनमार्गलाई विस्तार गरी २५०० मिटर पुन्याई ठूला जहाज अवतरण योग्य बनाएर सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हवाई सेवाको पहुँचमा जोड्ने ।
३. शाहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयलाई ३०० देखि १०० शैयाको अस्पताललाई यथासिघ्र संचालन गरी MBBS लगायतका विषयहरूको अध्ययन अध्यापनको सुरुवात गरेर सर्वसुलभ उपचारको व्यवस्था गरिनेछ ।
४. सेती प्रादेशिक अस्पतालबाट विशिष्टिकृत सेवाहरू प्रदान गर्न संघिय सरकार मातहत संचालन गर्न व्यवस्था मिलाइनेछ। साथै सिकलसेलका विरामीहरुको निम्ती छुट्टै वार्ड स्थापना गरी उपचार तथा अनुसन्धानलाई सहज र व्यवस्थित बनाइनेछ ।
४. विगत लामो समयदेखि निर्माण सुरु भई पूर्णता प्राप्त गर्न नसकेको धनगढी खुटीया दिपायल बाड़-चैनपुर वे उभा सम्मको भारत-नेपाल-चीन जोड्ने निदेशिय सडकलाई छिटो भन्दा छिटो सम्पन्न गराई यस क्षेत्रमा आर्थिक तथा धार्मिक गतिविधि बढाईनेछ ।
६. मोहना, खुटीया, घुरही, धुराहा र शिवगंगा नदी किनारका खेतीयोग्य जमिन तथा बस्तीहरुलाई सुरक्षित बनाउन ग्रिनरी सहितको दिर्धकालिन तटबन्धन निर्माण गरी धनगढी क्षेत्रको डुबान समस्याको समाधान गरिनेछ ।
७. लागूऔषध दुर्व्यसनको कुलतमा फसेका बालबालिकालाई पुर्नस्थापना, सचेतना र रोजगारका कार्यक्रमसंग जोडिनेछ । साथै लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न नेपाल-भारत खुला सिमामा कडाई गरेर नियन्त्रण गरिनेछ ।
८. ग्रामिण सडकहरूको स्तरोन्नती गर्ने, भादा घरही नदीमा पक्की पुल, गदरिया सिमराना जोड्ने घुराहा नदीमा पक्की पुल, शिवगंगा इमलिया जोड्ने पक्की पुल लगायत नदीहरूमा पुल निर्माण गरिनेछ । साथै ध.उ.म.न.पा. वडा नं. ३ मा निर्माणको लागि DPR र IEE aahet refere aसपार्क निमार्णलाई कार्यान्वयनको चरणमा लगिनेछ ।
९. यस क्षेत्रका विदेश तथा स्वदेशमा काम गर्न जाने युवाहरुलाई लक्षित गरेर प्राविधिक शिक्षा, सिप सिकाई र रोजगारमुखी तालिम दिएर युवालाई सक्षम बनाउने प्रवेश स्तरीय सिप तालिम केन्द्रको स्थापना गरी युवालाई स्वरोजगार उन्मुख बनाउने ।
१०. धनगढी वडा नं. ७ मा रहेको वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने ।
११. भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र लालपुजां प्राप्त नगरेकालाई लालपुजां दिने, सुरक्षित आवास कार्यक्रम लागु गर्ने र अव्यवस्थित बसोबासीलाई विद्युत, खानेपानी, ढल र सडक पहुँचको सुनिश्चितता गर्ने ।
१२. किसानलाई कृषि उत्पादनमा आधुनिक प्रविधिसंग जोडने, सिचाईको व्यवस्थापन गर्ने र मल विउविजनको सहज उपलब्धता सुनिश्चित गर्ने । १३. महिला सशक्तिकरण गर्न महिलालाई राजनिती, प्रशासन, व्यवसाय र सामाजिक नेतृत्वमा अगाडी ल्याउन उद्यमशीलता, सुरक्षा र सम्मानजनक जीवनको सुनिश्चितता गर्ने ।
१४. राज्यबाट पछाडी पारिएको दलित समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई समान अधिकार, अवसर र सम्मानको सुनिश्चितता गर्ने ।
१५. थारू समुदाय लगायत अन्य स्थानीय समुदायको भाषा, साहित्य, कला, सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न साँस्कृतिक संग्राहलय निर्माणमा पहल गरिनेछ ।
१७. उद्योग, व्यापार र रोजगारीका लागि साना तथा मध्यम वर्गको उद्योगको प्रबर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारको सुनिश्चितता गरिनेछ । १८. सामाजिक सेवा र मानव कल्याणका लागि वृद्धाश्रम, अनाथालय र अपाङ्गता सेवा केन्द्रहरूलाई राज्यबाट आर्थिक तथा अनुदान सहायता गराई जिम्मेवार बनाउने कामको लागि पहल गरिनेछ ।
१९. सरकारी तथा सामुदायिक शैक्षिक संस्थाका विद्यार्थीहरूको गुणस्तरमा सुधार गर्न पुर्वधार निर्माण, डिजिटल शिक्षा र प्रविधिक शिक्षाको लागि राज्यको लगानी र सहायताको सुनिश्चितता गर्ने ।
२०. धनगढी चटकपुरमा रहेको नेपाल आयल निगमको डिपोले मानव बस्तीको सुरक्षालाई उच्च जोखिममा पारेकोले सो स्थानबाट स्थानान्तरण गरी सुरक्षित स्थानमा राख्न पहल गरिनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ