धनगढी : कैलाली क्षेत्र नं. ५ का नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेलाई धनगढी उपमहानगरपालिका–१३, हिमाली टोलका स्थानीयवासीले आफ्ना वडाका समस्या तथा आवश्यकताबारे जानकारी गराएका छन्।
आज मिति २०८२ फागुन ४ गते आयोजित भेटघाट कार्यक्रममा स्थानीयवासीले सडक स्तरोन्नति, खानेपानीको व्यवस्थापन, ढल निकास, स्वास्थ्य सेवा विस्तार, युवाका लागि रोजगारीका अवसर सिर्जना तथा बाढी नियन्त्रण जस्ता विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।
स्थानीयहरूको गुनासा सुन्दै उम्मेदवार आलेले वडाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। “जनताले उठाएका हरेक समस्या मेरो एजेन्डा हुन्। निर्वाचित भएपछि यी मागहरूलाई योजनाबद्ध रूपमा सम्बोधन गर्नेछु,” उनले भने।
कार्यक्रममा सहभागी मतदाताले विकास र जनसेवामुखी काम गर्ने नेतृत्वको आवश्यकता औंल्याउँदै यसपटक जिम्मेवार प्रतिनिधि चयन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
घरदैलो तथा भेटघाट अभियानलाई तीव्र बनाएका आलेले आगामी दिनमा पनि विभिन्न टोल तथा समुदायमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने बताएका छन्।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
फोहरबाट रोजगारी र आम्दानी