धनगढी । कैलाली–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम बहादुर आले लाई धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी टोलका मतदाताले उत्साहपूर्ण स्वागत गरेका छन्।
पार्टी प्रबेश कार्यक्रममा पार्टी प्रबेश गरेका नव युवा र स्थानीयले उम्मेदवार आलेलाई छमछमी नचाएर समर्थन जनाएका हुन्।
यसअघि डोटीबाट तीन पटक निर्वाचित भइसकेका नेता आलेले मन्त्री हुँदा गरेका कामको प्रशंसा गर्दै वडा नं २ का ११० जना नवयुवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि निक्कै उत्साहित बनेका आले चर्चित गायक सौगात ओझाले आलेले गरेका कामकाे प्रशंसा गर्दै तयार पारेकाे चुनावी प्रचार गितमा आले निक्कै खुशि मुद्रामा छमछमी नाचेका थिए । उनले धेरैलाई हातै तानेर नचाए ।
नवप्रवेशी युवाहरुलाई उम्मेदवार आले, कैलाली–५ निर्वाचन परिचालन समितिका संयोजक ओम पुन तथा सह–संयोजक दिनेश सुबेदीले टीका र खादा लगाएर स्वागत गरेका थिए। स्थानीयस्तरमा देखिएको उत्साहले कैलाली–५ मा चुनावी माहोल थप तातेको छ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
फोहरबाट रोजगारी र आम्दानी