बुटवल । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको दाबी गरेका छन् । उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको बताए ।
आइतबार पार्टीले रुपन्देहीको भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले टेस्टेड पार्टीहरू नयाँ नभएको बताए ।
उनले नेपाल विद्युत् प्राधिकरणमा आएपछि देशभरि लोडसेडिङको अन्त्य गरेको सुनाए । अब समग्र क्षेत्रको अँध्यारोलाई हटाएर सबै क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर गरिब परिवारको अनुहारमा उज्यालो ल्याउन पार्टी अगाडि आएको उनले बताए ।
पूर्वमन्त्री समेत रहेका घिसिङले मिटरब्याजी, लघुवित्त, सहकारी ठगीको काण्डले किसान र विपन्न मर्कामा परेको र पीडितहरूको समस्या समाधान गर्नका लागि आयोग गठेन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने आफूहरूको एजेन्डा रहेको बताए ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन