कोरिया । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुनस् किम जोङ उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले आइतबार पार्टीको महासभाबाट किम जोङ उन पुनस् महासचिव बनेको जानकारी दिएको हो ।
किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि उत्तर कोरियामा शासन गर्दै आएको सन्दर्भमा यो निर्णयलाई धेरैले अपेक्षित मानेका छन् ।
किम जोङ उन पार्टीको शीर्ष नेतृत्वमै कायम रहे पनि महासभाको कार्यकारी समितिमा भने व्यापक फेरबदल गरिएको बीबीसीले जनाएको छ । सन् २०२१ को अघिल्लो बैठकपछि ३९ सदस्यीय समितिका आधाभन्दा बढी सदस्य परिवर्तन गरिएको राज्य सञ्चारमाध्यमले जनाएको छ ।
किम जोङ उन पार्टीको शीर्ष नेतृत्वमै कायम रहे पनि महासभाको कार्यकारी समितिमा भने व्यापक फेरबदल गरिएको बीबीसीले जनाएको छ । सन् २०२१ को अघिल्लो बैठकपछि ३९ सदस्यीय समितिका आधाभन्दा बढी सदस्य परिवर्तन गरिएको राज्य सञ्चारमाध्यमले जनाएको छ ।
सन् २०११ मा पिता किम जोङ इलको निधनपछि किम जोङ उनले सत्ता सम्हालेका थिए । उनले आणविक हतियार कार्यक्रमलाई उच्च प्राथमिकता दिएका छन् । यसले प्योङयाङलाई विशेषगरी अमेरिका र पश्चिमा मुलुकका लागि ठूलो चुनौती बनाएको विश्लेषण गरिन्छ ।
केसीएनएका अनुसार किमको नेतृत्वमा देशको युद्ध प्रतिरोध क्षमता उल्लेखनीय रूपमा सुदृढ गरिएको छ, जसको केन्द्रमा आणविक शक्ति रहेको दाबी गरिएको छ ।
बीबीसीका अनुसार लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध सामना गरिरहे पनि उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तर अगाडि बढाउँदै आएको छ । उसले प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्रहरूको परीक्षणसमेत गर्दै आएको छ । तर शासन प्रणालीको गोपनीय प्रकृतिका कारण सैन्य प्रगतिबारे स्वतन्त्र रूपमा मूल्यांकन गर्न कठिन छ ।
पछिल्लो दशकमा हरेक पाँच वर्षमा आयोजना हुँदै आएको महासभा यसपटक फेब्रुअरी १९ देखि सुरु भएको हो । यो बैठकलाई देशकै सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा लिने गरिन्छ । यसबाट विदेश नीति, अर्थतन्त्र र आणविक महत्वाकांक्षाजस्ता प्राथमिकताबारे संकेत पाइने विश्लेषकहरू बताउँछन् ।
केसीएनएका अनुसार करिब ५ हजार पार्टी सदस्यको सहभागिता रहेको यस बैठकले उत्तर कोरियाको राजनीतिक शक्ति संरचनाबारे विरलै पाइने झलक दिने गर्दछ ।
हाल चौथो दिनमा पुगेको पार्टी महासभामा उनले देशको हतियार कार्यक्रमको आगामी चरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । महासभा सुरु हुनुअघि उत्तर कोरियाले आफूले आणविक क्षमतायुक्त रकेट प्रक्षेपकहरूको नयाँ श्रृंखला सार्वजनिक गरेको जनाएको थियो ।
गत साता उदघाटन सम्बोधनका क्रममा किमले देशको अर्थतन्त्र र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यसलाई ‘गम्भीर र तत्कालीन ऐतिहासिक कार्यभार’का रूपमा व्याख्या गरेका छन् ।






नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : प्रचण्ड
प्रकाशशरण महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञापत्र
६ दिनमा सुनको भाउ १४ हजार ४ सय बढ्यो
गगनलक्षित रविको व्यंग्य- २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो
‘खुला बहस छाेडेर हिँडे’ यज्ञराज ढुंगाना
कैलाली–५ मा ‘प्रेम आले’ को लहर बढ्दै
कैलाली–४ मा नेकपाका उम्मेदवार ‘उत्सव’को जनलहर बढ्दै, लेखराज भट्टसँग कडा प्रतिस्पर्धा
कञ्चनपुर–१ मा ‘बिना मगर’ को घरदैलो अभियान तिब्र
हिमाली टोलका मतदाताको माग पूरा गर्ने प्रतिबद्धता गर्दै ‘प्रेमबहादुर आले’
हसुलियामा गाडीको ठक्करबाट युवतीको मृत्यु