काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले पार्टीको प्रतिबद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको बताए । उनले सो प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश गर्ने स्पष्ट पारे ।
संयोजक दाहालले राज्यका सबै तहमा दलित समुदायलाई विशेषाधिकार हुनुपर्छ भनेर नेकपाले लड्दै आएको बताए । ।
‘संविधानसभाबाट जारी नेपालको संविधानमा दलितका हकअधिकार लिपिबद्ध गरिएको छ । त्यो अझै पर्याप्त छैन, हामीलाई विशेषाधिकार प्राप्त गर्नुछ’, पूर्वप्रधानमन्त्री दाहालले भने, ‘मेरो नेतृत्वको सरकारले उक्त प्राधिकरण बनाउने निर्णय गरेको थियो, कार्यान्वयनका लागि बजेट पनि विनियोजन गरेको थिएँ, पछि बनेको सरकारले त्यसलाई अघि बढाएन ।’






‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन