कालोसूचीमा रहेको प्रमाणित भएसँगै रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज


काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।

आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि साहको उम्मेदवारी खारेज गरिएको जानकारी दिए ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालको कालोसूचीमा समावेश रहेको पाइएको छ ।

विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेको विवरणसमेत उल्लेख रहेको आयोगले जनाएको छ ।

आयोगले सम्बन्धित कानुनी प्रावधानअनुसार उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको स्पष्ट पारेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ