काठमाडौँ : देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह फराकिलो मतान्तरले विजयी भएका छन्।
शनिबार साँझ आएको अन्तिम परिणामअनुसार शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
शाहले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओली १८ हजार ७ सय ३४ मतमा खुम्चिएका छन्।
श्रम संस्कृति पार्टीका समिर तामाङ ९ हजार २ सय ३३ मतसहित तेस्रो भएका छन्।
कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८ सय २१ मत ल्याएकी छन् भने नेकपाका रञ्जित तामाङले १ हजार ४ सय ६१ मत ल्याएका छन्। राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५ सय ३६ मत ल्याएका छन्।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड