काठमाडौं : सुर्खेतकी १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नव युवाहरू’ शुक्रबार बिहानैदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।
न्यायको माग गर्दै विभिन्न युवा समूह र अभियन्ताहरू माइतीघरमा भेला भई घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले “इनिसालाई न्याय देऊ”, “बलात्कार र हत्या रोक”, “दोषीलाई कडा सजाय दे” लगायतका नारासहित विरोध प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनकारीहरूले दलित समुदायमाथि हुने हिंसाका घटनाहरू दोहोरिन नदिन राज्य गम्भीर हुनुपर्ने बताएका छन्।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन्।
सुर्खेतमा भएको इनिसा विक हत्या प्रकरणले देशभर आक्रोश बढिरहेको छ भने विभिन्न स्थानमा विरोध र न्यायको माग गर्दै प्रदर्शन भइरहेका छन्।







प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश