काठमाडौं : सुर्खेतकी १६ वर्षीया दलित बालिका इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा न्यायको माग गर्दै सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पनि प्रदर्शन गरिएको छ।
घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय युवा, विद्यार्थी तथा अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले प्लेकार्ड बोकेर “इनिसालाई न्याय दे”, “दोषीलाई कडा कारबाही गर” जस्ता नाराबाजी गरेका थिए।
उनीहरूले दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाप्रति राज्य गम्भीर हुनुपर्ने बताएका छन्।
प्रदर्शनकारीहरूले इनिसा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही नगरे देशभर आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्।







किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
फोहरबाट रोजगारी र आम्दानी