काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्ति बन्ने दाबी गर्दै चुनावी मैदानमा उत्रिएको दल १७ सिटमा सीमित भएको छ।
निर्वाचनमा शीर्ष तहका केही नेताहरू पराजित हुँदा पार्टी संयोजक प्रचण्ड भने विजयी भएका छन्। यद्यपि, उनको नेतृत्वमा पार्टी लगातार कमजोर बन्दै गएको भन्दै आन्तरिक रूपमा नेतृत्व हस्तान्तरणको आवाज उठ्न थालेको स्रोतहरू बताउँछन्।
जनवर्गीय संगठनका इन्चार्ज तथा पदाधिकारीहरूसँगको छलफलमा संयोजक दाहाल र सहसंयोजक माधब कुमार नेपालले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव आएको दाबी गरिएको छ। तर, संयोजक प्रचण्ड तत्काल नेतृत्व त्याग्ने मनस्थितिमा नरहेको बुझिएको छ।
उक्त छलफलका क्रममा उनले पार्टीका करिब ५० प्रतिशत केन्द्रीय सदस्यले ‘घण्टी’ चुनाव चिह्नमा मत दिएको रिपोर्ट आएको उल्लेख गर्दै त्यसबारे कारबाही आवश्यक रहेको बताएका थिए। “त्यसलाई बेवास्ता गरे पार्टी पुनर्गठन सम्भव हुँदैन,” भन्ने उनको भनाइ उद्धृत गरिएको छ।
यता पार्टी प्रवक्ता अग्नि सापकाेटा भने निर्वाचनको समग्र समीक्षा प्रक्रिया अझै सुरु नभएको स्पष्ट पारे। तल्लो तहबाट प्रतिवेदन संकलनको काम जारी रहेको र त्यसपछि केन्द्रीय बैठकमा छलफल हुने उनले बताए।
५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यले फरक चुनाव चिह्नमा मत दिएको दाबीबारे आफूलाई जानकारी नभएको उनले उल्लेख गरे। संयोजकको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उनले आफू उक्त बैठकमा सहभागी नभएको र त्यस सन्दर्भमा विस्तृत जानकारी लिनुपर्ने बताए।
साथै, नेतृत्व परिवर्तनबारे औपचारिक प्रस्ताव पार्टीभित्र उठिनसकेको पनि उनले स्पष्ट पारे। उनका अनुसार हालसम्म निर्वाचन परिचालन समितिबाहेक अन्य कुनै कमिटीको बैठक बसेको छैन।
प्रवक्ता सापकोटाले चाँडै पार्टीको औपचारिक बैठक बोलाइने र निर्वाचन परिणाम तथा नेतृत्वसम्बन्धी विषयमा समग्र छलफल गरिने जानकारी दिए।






मुगुमा आयुर्वेद उपचारप्रति बढ्दो विश्वास
इनिसा विककाे न्यायका लागि प्रवासी नेपालीले बुझाए ज्ञापनपत्र
इनिसा विक हत्या प्रकरण : सिआइबीकाे अनुसन्धान अन्तिम चरणमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना
बालेन नेतृत्वको सरकार गठन अन्तिम चरणमा
सुदूरपश्चिमका तिन सांसदलाई काठमाडौंमा सम्मान
समानुपातिक सांसदमा मधेशी दलितको प्रतिनिधित्व शून्य
समानुपातिकमा ९ सिट पाएको नेकपाबाट को–को बन्न सक्छन् सांसद ? (सूचीसहित)
बालेनका चुनौती !
नयाँ संसदमा खस आर्यकै वर्चस्व, समानुपातिकले मात्रै जोगायो समावेशिता