काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्।
‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’, ‘इनिसा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर’ जस्ता नारासहित पीडित पक्षले विरोध प्रदर्शन गरेका हुन्।

माइतीघर मण्डला मा धर्ना दिँदा पनि सुनुवाइ नभएको गुनासो गर्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका छन्। सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या प्रकरणको शीघ्र छानबिन र खोटाङकी रेश्मिका परियारको घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न उनीहरूको माग छ।

पीडित परिवारको समर्थनमा खोटाङ सेवा समाज ले पनि ऐक्यबद्धता जनाएको छ। समाजका सचिव नवराज रोकाले पीडितले छिटो न्याय पाउनुपर्ने र दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताएका छन्।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड