कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी बिहीबारबाट बजेट अधिवेशन सुरु हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन् ।
शनिबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए ।
उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।
संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । गत चैत्र २९ गते राती १२ बजेदेखि लागु हुनेगरी प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
फोहरबाट रोजगारी र आम्दानी