काठमाडौं । बाजुरा के स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार क्षेत्रमा चट्याङ पर्दा ३९ वटा बाख्रा मरेका छन्। बुधबार अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुई स्थानीय किसानका ठूलो सङ्ख्यामा बाख्रा घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीका अनुसार स्थानीय सज्जन कडाराका ११ वटा बाख्रा मरेका छन् भने १५ वटा बेपत्ता छन्। त्यस्तै जसबिर रावलका २८ वटा बाख्रा मरेका छन् भने २४ वटा अझै बेपत्ता रहेका छन्।
रानी सैंन वन क्षेत्रमा चराउन लगिएका बाख्राहरू पानी परिरहेका बेला चट्याङ पर्दा क्षति भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। लगातार भइरहेको यस्ता घटनाले स्थानीय किसानहरू मारमा परेका छन्। मंगलबार मात्रै पनि बाजुरामा चट्याङ र पहिरोका कारण १६ वटा भेडा-बाख्रा मरेका थिए भने ३८ वटा हराएका थिए।
बाजुरामा हरेक वर्ष यस्ता प्राकृतिक विपद्का कारण भेडा-बाख्रा मर्ने क्रम दोहोरिँदै आएको छ, जसले किसानहरूलाई करोडौँ रुपैयाँ बराबरको क्षति व्यहोर्न बाध्य बनाउँदै आएको छ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित