काठमाडौं । काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको सकुशल उद्धार गरिएको छ ।
सोमबार राति वर्षासँगै खोलामा बाढीको बहाव बढेपछि यात्रुवाहक माइक्रोबसहरू बीच सडकमै थुनिएका थिए।
बाढीका कारण जोखिममा परेका यात्रुहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले रातभर खटिएर उद्धार गरेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार डोरी र र्याफ्टिङ बोटको प्रयोग गरी कठिन परिस्थितिमा सबै यात्रुलाई सुरक्षित स्थानमा निकालिएको थियो।
उद्धार गरिएका सबै यात्रुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आ-आफ्नो गन्तव्यतर्फ पठाइसकिएको छ।
उद्धार कार्यमा जिल्ला प्रहरी प्रमुख शाह, सशस्त्र प्रहरी १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी र नेपाली सेनाको टोली प्रत्यक्ष रूपमा खटिएका थिए।
बाढीले बीपी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुर्याएपछि हाल उक्त सडकमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
यसैगरी, काभ्रेकै श्रीखण्डपुर क्षेत्रमा पनि अत्यधिक वर्षाका कारण एउटा स्कुल बस बाढीमा फसेको थियो। उक्त बसमा रहेका ३५ जना विद्यार्थीहरूलाई सशस्त्र प्रहरी बल १५ नम्बर गणको टोलीले सुरक्षित उद्धार गरेको छ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश