काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेक हुँदै कैलाश–मानसरोवर जाने बाटो सञ्चालनको चरणमा पुर्याउँदा सरकार निष्क्रिय रहेको आरोप लगाएका छन् ।
मंगलबार जारी विज्ञप्तिमार्फत उनले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति समयमै कदम नचालेको भन्दै कडा प्रश्न उठाएका हुन् ।
‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो रु दार्चुलाको दुम्लिङसम्म बाटो पुर्याउन नसक्ने नालायक बनेर‘ सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाउँदा किन रोकिएन रु’ उनले प्रश्न गरेका छन् ।
उक्त मार्ग निर्माण सम्पन्न भई नाका सञ्चालनको चरणमा पुगिसक्दा पनि सरकारको प्रभावकारी भूमिका नदेखिएको उनको भनाइ छ । कूटनीतिक नोट पठाएर मात्र दायित्व पूरा नहुने भन्दै उनले बहुपक्षीय वार्ताको पहल गर्न सुझाव दिएका छन् ।
‘चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघलाई सहभागी गराएर वार्ता टोली गठन गरी सीमा जोगाउन पहल गर्नुपर्छ,’ उनले भनेका छन् ।
साम्पाङले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने माग पनि गरेका छन् । ‘सेनालाई मन्त्रीको व्यक्तिगत सेवामा होइन, सीमा सुरक्षामा खटाउनु पर्छ,’ उनले भने ।
सुकुम्बासी बस्ती हटाउने क्रममा सेना परिचालन गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले विपद् व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । बाढीले क्षति पुर्याएका क्षेत्रहरूमा तत्काल राहत र पुनःस्थापनाका काममा स्रोत–साधन परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, उनले विदेशी ऋण लिने कार्य तत्काल रोक्न र अर्थतन्त्र सुधार गर्न सरकारलाई दबाब दिएका छन् । ‘राज्य सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले उल्लेख गरेका छन् ।
बजेट निर्माण प्रक्रियामा सबै दलका सांसदमार्फत जनताका आवश्यकताहरू समेटिनुपर्ने माग गर्दै उनले सरकारलाई पारदर्शी रूपमा काम गर्न पनि आग्रह गरेका छन् ।
‘जनतालाई सरकारले के गर्दैछ भन्ने स्पष्ट जानकारी दिनुपर्छ । पत्रकार सम्मेलन गरेर यी सबै प्रश्नको उत्तर दिनुहोस्, अन्यथा म निरन्तर प्रश्न उठाइरहनेछु,’ उनले चेतावनी दिए ।






१५ हजारभन्दा बढी सुकुमवासी विस्थापित
किन देखिन्छ डरलाग्दो सपना ?
ट्रेड युनियन खारेज गर्ने कदम असंवैधानिक : सीके राउत
बुटवलका सुकुमबासीले गरे सरकारविरुद्ध प्रदर्शन
सारङ्गीको धुनले धानेको जिन्दगी
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
बागमती किनारमा बगिरहेका आँसुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ? : प्रदीप ज्ञवाली