काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामजी यादवका चालक मुस्तकिम आलम मियाँ पक्राउ परेका छन् ।
प्रहरीले मियाँलाई अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा सोमबार सप्तरीको राजविराजबाट पक्राउ गरेको हो ।महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्ने २७ वर्षीय मियाँलाई श्रममन्त्री यादवले निजी सचिवालयमा नियुक्त गरेर चालक राखेका थिए ।
सप्तरी प्रहरीका डिएसपी डम्बरबहादुर पुरीले पीडितको जाहेरीका आधारमा मियाँ पक्राउ परेको पुष्टि गरे । जाहेरीमा मुस्तकिम मियाँसहितका व्यक्तिहरूले पीडितलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको उल्लेख छ ।
प्रहरीका अनुसार मियाँसहितको एक समूहले पीडितमाथि निर्घात कुटपिट गर्नुका साथै कपडा खोल्न लगाएर नग्न बनाई भिडियोसमेत बनाएको खुलेको छ ।
सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिएसपी पुरीले घटनामा संलग्न अन्यको खोजी जारी रहेको बताए ।






कांग्रेसले भन्यो ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण’
पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य गलत : प्रचण्ड
राष्ट्रपति बोल्दाबोल्दै संसद्बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
बालेनलाई सिके राउतको चेतावनी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री