सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएपछि छानबिन गर्न समिति गठन


काठमाडौं। सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर मृत भेटिएको घटना छानबिन गर्न समिति गठन भएको छ । शनिबार राति सिन्धुपाल्चोक घर भई कास्कीको पोखरा तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानका लागि डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको हो । सशस्त्र प्रहरीकै एक सिनियर इन्स्पेक्टरसँगको सम्बन्धका कारण घटना भएको हुनसक्ने परिवारको आशंका छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ