रुकुमपूर्व : नेपाली कम्युनिस्ट पार्टीका संयाेजक ‘प्रचण्ड’ आज सिस्ने गाउँपालिका–२ नायगाडबाट देउखोला हुँदै सदरमुकाम रुकुमकोटसम्म करिब एक घण्टा पैदल यात्रा गरेका छन्।
स्थानीय कार्यकर्ता र समर्थकसँगै गरिएको उक्त पैदल यात्राका क्रममा उनले गाउँबासीसँग भेटघाट तथा संक्षिप्त संवाद गरेका थिए।
नायगाड–देउखोला क्षेत्रको ग्रामीण बाटो हुँदै रुकुमकोट पुग्दा स्थानीयले फूलमाला र नाराबाजीसहित स्वागत गरेका थिए।
पैदल यात्रापछि आयोजित भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। उनले विकास, सुशासन र शहीदहरूको सम्मान आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे।
स्थानीय तहका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमले रुकुम क्षेत्रमा चुनावी माहोल थप तातेको स्थानीयले बताएका छन्।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
संसदमा बोल्न नपाएको भन्दै सांसद पार्वती विकको असन्तुष्टि
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो