धनगढी, १० फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आइतबार धनगढी उपमहानगरपालिका-१७ धुरजन्नामा आयोजित टोल भेला कार्यक्रमलाई सम्बोधन गर्दै जनताको मत नै समृद्धिको आधार हुने बताएका छन्।
कार्यक्रममा बोल्दै उनले कैलाली–५ लाई विकास र पूर्वाधारको हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। “म चुनाव जित्नका लागि मात्र होइन, काम गर्नका लागि मैदानमा आएको हुँ,” उनले भने, “यहाँका युवालाई रोजगारी, किसानलाई उचित मूल्य र हरेक टोलमा आधारभूत सेवा पुर्याउनु मेरो पहिलो प्राथमिकता हो।”
आफू विगतमा तीन पटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका कामको चर्चा गर्दै उनले अनुभव र कार्यसम्पादनकै आधारमा जनताले फेरि अवसर दिने विश्वास व्यक्त गरे।
स्थानीयवासीका समस्या, विशेषगरी सडक, खानेपानी र सिँचाइको विषयमा तत्काल पहल गर्ने उनले आश्वासन दिए।
टोल भेलामा स्थानीय बासिन्दाले विकास, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने माग राखेका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता रहेको थियो।






दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
रोशनी नेपालीको प्रश्न : ‘सरकार बादी समुदायले न्याय कहिले पाउँछ ?’
६१ दिनदेखि बालेन सरकारलाई प्रश्न गर्दैछिन दिपा
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
विभेद विरुद्ध सचेतना कार्यक्रम
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
बाजुरामा ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी