काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।
आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि साहको उम्मेदवारी खारेज गरिएको जानकारी दिए ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालको कालोसूचीमा समावेश रहेको पाइएको छ ।
विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेको विवरणसमेत उल्लेख रहेको आयोगले जनाएको छ ।
आयोगले सम्बन्धित कानुनी प्रावधानअनुसार उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको स्पष्ट पारेको छ ।






किन टिकिरह्यो जात व्यवस्था ?
कमरेड प्रचण्डलाई खुलापत्र !
लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन