तुलसीपुर । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् ।
स्वदेशमा नै केही गरौँ भनेर सामुहिक खेती थालिएको कृष्ण चौधरीले बताए । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए । हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए ।
हाल आहाना, प्रतिकिलो रु ८० र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो रु ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ । तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना छ ।






सरकारको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि
कामिरिता शेर्पाले गरे ३२ औं पटक सगरमाथाको सफल आरोहण
इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु
३६ दलित घरधुरीका लागि एकीकृत बस्ती विकास कार्यक्रम लागू
जबजको मूल मर्मलाई आत्मसात् गरौं : पूर्वराष्ट्रपति
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित