डडेल्धुरा । डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नै छैनन् । सङ्घीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवासहितको सो अस्पतालमा करार कर्मचारीको भने घुँइचो छ ।
अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले अस्पतालका कुल २७६ जना कर्मचारीमा स्थायी कर्मचारी ८६ जना र करार कर्मचारी १९० जना रहेको बताए । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले दरबन्दी अनुसार १९ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने बताए । तर, अस्पतालमा कार्यरत ११ जना विषेशज्ञ चिकित्सकमध्ये चार जना मात्र स्थायी दरबन्दीका रहेका पाइएको छ ।
यस्तै मेडिकल अधिकृत ३२ जनामध्ये ११ जना मात्रै स्थायी छन् भने स्टाफ नर्स ५७ जनामा ३७ जना स्थायी छन् । यी दुई पदमा बाँकी सबै करारमा कार्यरत छन् । दरबन्दी अनुसार कर्मचारी नहुनुमा राजनीतिक दलको पहुँच मन्त्रालय र माथिल्लो तहसम्म नपुग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले बताए । उनी गत माघ २८ गते डडेल्धुरा आएका थिए ।






रोल्पामा जीप दुर्घटनाको तीन दिनपछि रास्वपाले गर्यो दुःख व्यक्त
रोल्पा जीप दुर्घटना पीडित परिवारलाई प्रचण्डको सान्त्वना
३० बर्षअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
काठमाडौं-केरुङ रेलमार्गको अध्ययन प्रतिवेदन तयार
बालेनसँग शंकर पोखरेलले मागे विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
सुकुमबासी बस्ती हटाउँदाको कारुणीक दृश्य (तस्बिरहरु)