काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको ध्यान बहुमत ल्याउनतिर भएको बताएका छन् । पार्टीको स्याङ्जा-काठमाडौं सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै बहुमत नआएर ठूलो पार्टी बनेको अवस्थामा नेतृत्व नपाए सरकारमै नजाने बताए ।
उनले भने, ‘बहुमत ल्याएपछि सरकारमा नजाने कुरै भएन, बहुमत ल्याएर हिजोका अनुभवको आधारमा विगतका गल्तीहरूलाई सच्चाएर देश बनाउने गरी सरकार चलाउँछौँ । ठूलो पार्टी भयौँ भने कांग्रेसले सरकारको नेतृत्व गर्न पाएन भने पनि सरकारमा जादैनौँ । तर, ठूलो पार्टी भयौँ भने सरकारको नेतृत्व गर्ने दाबी गर्छौँ ।’
उनले हिजो ठूलो पार्टी हुँदा पनि कांग्रेसलाई सरकारको नेतृत्व गर्न नदिँदा दोस्रो र तेस्रो दलको नेतृत्वमा सरकारमा गएर गल्ती गरेको बताए ।
उनले थपे, ‘हिजो हामीले गल्ती गर्यौँ, हामी दोस्रो त हुँदैनौँ । तर, केही गरी भइएछ भने सरकारमा जाने छैनौँ । संसदीय व्यवस्थालाई हामीले पालना गर्नेर्छौँ । पहिलो र दोस्रो पार्टी मिलेर संसदीय व्यवस्थामा सरकारमा जान हुँदैन । यो कुरामा हामी चुक्यौँ, जे गरे पनि सत्ता मात्रै हो भन्ने सोच हामीले बदलेका छौँ ।’
उनले नेतृत्व परिवर्तनपछि पार्टीप्रति देशैभर आकर्षण बढेको जिकिर गरे ।






रोशनी नेपालीको प्रश्न : ‘सरकार बादी समुदायले न्याय कहिले पाउँछ ?’
६१ दिनदेखि बालेन सरकारलाई प्रश्न गर्दैछिन दिपा
पुनःस्थापनाको माग गर्दै सप्तरीका १८ पालिकामा मुक्त हरवा चरवाको शक्ति प्रदर्शन
६० दिनदेखि माईतीघरमा दीपाको सत्याग्रह, देखेन बालेन सरकारले
निर्वाचन प्रहरीको बन्दोबस्ती सामग्री खरिद विवाद : एउटै प्रक्रिया, तर प्रश्नको घेरामा नेपाल प्रहरी मात्रै किन ?
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम