देशभर २० प्रतिशत मत खस्यो


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुलुकभर मतदान जारी छ । हालसम्म करिब २० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बिहान ७ बजे सुरु भएको मतदानमा हालसम्म २० प्रतिशत मतदान भएको जानकारी दिए । देशका सबै जिल्लामा उत्साह पूर्णरुपमा मतदान भइरहेको छ ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ