हामी पहिलो पार्टी बन्छौँ, प्रधानमन्त्री नपाए सरकारमा जाँदैनौँ : कांग्रेस महामन्त्री पौडेल


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको ध्यान बहुमत ल्याउनतिर भएको बताएका छन् । पार्टीको स्याङ्जा-काठमाडौं सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै बहुमत नआएर ठूलो पार्टी बनेको अवस्थामा नेतृत्व नपाए सरकारमै नजाने बताए ।

उनले भने, ‘बहुमत ल्याएपछि सरकारमा नजाने कुरै भएन, बहुमत ल्याएर हिजोका अनुभवको आधारमा विगतका गल्तीहरूलाई सच्चाएर देश बनाउने गरी सरकार चलाउँछौँ । ठूलो पार्टी भयौँ भने कांग्रेसले सरकारको नेतृत्व गर्न पाएन भने पनि सरकारमा जादैनौँ । तर, ठूलो पार्टी भयौँ भने सरकारको नेतृत्व गर्ने दाबी गर्छौँ ।’

उनले हिजो ठूलो पार्टी हुँदा पनि कांग्रेसलाई सरकारको नेतृत्व गर्न नदिँदा दोस्रो र तेस्रो दलको नेतृत्वमा सरकारमा गएर गल्ती गरेको बताए ।

उनले थपे, ‘हिजो हामीले गल्ती गर्‍यौँ, हामी दोस्रो त हुँदैनौँ । तर, केही गरी भइएछ भने सरकारमा जाने छैनौँ । संसदीय व्यवस्थालाई हामीले पालना गर्नेर्छौँ । पहिलो र दोस्रो पार्टी मिलेर संसदीय व्यवस्थामा सरकारमा जान हुँदैन । यो कुरामा हामी चुक्यौँ, जे गरे पनि सत्ता मात्रै हो भन्ने सोच हामीले बदलेका छौँ ।’

उनले नेतृत्व परिवर्तनपछि पार्टीप्रति देशैभर आकर्षण बढेको जिकिर गरे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ