काठमाडौँ । निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका सम्पूर्ण मतदाताहरूलाई निर्धारित समय (साँझ ५ बजे) नपर्खीकन मतदान केन्द्रमा गएर मतदान गर्न विशेष आग्रह गरेको छ ।
देशभर उत्साहजनक रूपमा मतदान भइरहेको सन्दर्भमा आयोगले कार्यव्यस्तता वा अन्य कारणले घरमै बसिरहेका नागरिकलाई यस्तो अपिल गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरू निर्वाचनमा भाग नलिई घरमै बसेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताए ।
आयोगले मतदान केन्द्रमा पुग्दै गरेकाहरूलाई आफ्नो मत बदर नहुने गरी शुद्ध र विधिपूर्वक तरिकाले मतदान गर्न सुझाव दिएको छ । मतदान गर्नु नागरिकको अधिकार मात्र नभई राष्ट्रप्रतिको महत्त्वपूर्ण कर्तव्य पनि भएको आयोगले स्मरण गराएको छ ।
उनले भने ‘सबै मतदाताहरू कार्यव्यस्तताले गर्दा कतिपय मतदान केन्द्रमा जाँदै हुनुहुन्छ होला, कतिपय मतदान गरेर फर्किसक्नुभयो होला । जो कार्यव्यस्तताले गर्दा पुग्न बाँकी हुनुहुन्छ, उहाँहरूलाई ढिलो नगरीकन मतदान केन्द्रमा गइदिनुस् भन्न चाहन्छौँ ।’
५ बजेसम्मको समय भएपनि अन्तिम समयको प्रतीक्षा गर्दा भिडभाड हुने र प्राविधिक समस्या आउनसक्ने भएकाले समय छँदै आफ्नो काम सम्पन्न गरिदिन आयोगले सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गरेको छ ।






शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रमा चल्यो डोजर
बालेनले सुकुम्वासी बस्तिमा डोजर आतंक मच्चाए : नारायणकाजी
घरमा डोजर चलेपछि एक महिला बेहोस
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्यो : गगन थापा
सुकुमवासीको पाँच ठाउँमा बास
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
प्रकाश ज्वाला नेकपाको प्रवक्ता
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर