६ प्रतिशतले बढेसँगै आजका लागि सेयर कारोबार बन्द


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि खुलेको सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो ।

आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८७५ दशमलव ४३ विन्दुमा पुगेकाे छ । त्यस्तै ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिनिधिसभा निर्वाचनपछि लगानीकर्ताको विश्वास बढ्न गई बजारमा यसकाे प्रभाव देखिएको छ ।

कारोबार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ४० मिनेट स्थगित भइ खुलेको सेयर बजारमा अर्को एक मिनेट नपुग्दै सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ