नवजात शिशुको शव डम्पिङसाइटमा फेला


हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी) को शव फेला परेको हो ।

शिशुको शव फाल्नेको पहिचान हुन सकेको छैन । २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएको खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेको हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ