हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी) को शव फेला परेको हो ।
शिशुको शव फाल्नेको पहिचान हुन सकेको छैन । २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएको खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेको हुन सक्ने बताइएको छ ।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध
रोशी खोलामा फसेका ८९ जनाको सकुशल उद्धार